बिहीबारको दिन बन्दैछ ब्रह्मा योग, यस राशिलाई लाभैलाभ

- समय सन्दर्भ

चैत्र कृष्ण पक्ष चतुर्दशी तिथि, आज दिउँसो १२:५१ सम्म रहनेछ, त्यसपछी औंसी शुरु हुनेछ। आज चैत्र महिनाको औंसी हो। यसका साथै आज उत्तरभाद्रपदा नक्षत्रका साथ ब्रह्म योग बन्नेछ, जो राती १० बजेर ६ मिनेटसम्म रहनेछ।

मेष राशि

आज तपाईंको रोकिएको काम पूरा हुनेछ। यो राशिका विद्यार्थीहरूको लागि दिन अनुकूल हुन जानेछ। विशेष गरी विज्ञानसंग सम्बन्धित विद्यार्थीहरुको लागि दिन लाभकारी हुनेछ। आमाबाबुसँग सम्बन्ध राम्रो हुनेछ। धनलाभको संभावना छ। ब्राह्मणको पाउ छोएर आशीर्वाद लिनाले सबैसँग समबन्ध सुमधूर हुनेछ।

वृष राशि

आयका नयाँ स्रोत फेला पर्नेछन। कार्यालयमा वरिष्ठ अधिकारीको सहयोग मिल्नेछ। दाम्पत्य जीवनमा मधुरता आउनेछ। बिहानी हिडाइले दिनभरि ताजा महसूस हुनेछ। निश्चित रूपले तपाईको कडा मेहनतको परिणाम राम्रै पाउनुहुनेछ। तपाईको उदारताको प्रशंसा हुनेछ। असहायलाई चनाको दाल दान गर्नुहोस्, तपाईंको मेहनतले रंग ल्याउनेछ।

मिथुन राशि

तपाईंसँग सहयोग माग्न आउने धेरै हुनेछन। परिवारमा तपाईंका गुणहरूको प्रशंसा हुनेछ। नयाँ प्रविधि अपनाए तपाईंको व्यवसायमा वृद्धि हुनेछ। जो सङ्गीत वा गीतको क्षेत्रमा संलग्न छन्, भव्य कार्यक्रममा कला देखाउने मौका पाउनेछन। चाँडै संतान सुख प्राप्त हुनेछ। मन्दिरको आँगनमा एक बिरुवा ,फुल रोप्नाले सम्बन्ध सुमधुर हुनेछ।

कर्कट राशि

सतर्कता आपनाउनु होला । कसैले कार्यालयमा तपाईंको कामको बारेमा उजुरी गर्न सक्छ। काममा बुजुर्गको सल्लाह लिनु उत्तम हुनेछ। आफुलाई फिट राख्न योग गर्नुहोस। प्रेम समबन्धमा मधुरता छाउने छ। उधारो लेनदेनबाट बच्नुहोला। मन्दिरमा हल्दीको टुक्रो चढाउनुहोस,सबैसँग समबन्ध राम्रो हुनेछ।

सिंह राशि

नयाँ काम तिर झुकाउन हुन सक्छ। नोकरीका समबन्धमा बिस्तारै राम्रो हुँदै जानेछ। स्वास्थ्यप्रति सजग रहनु होला। फास्ट फूड खानबाट बच्नु होला। व्यापार व्यवसायमा फाइदा देखिन्छ। तपाईं ठूलो समूहमा सामेल हुने मौका पाउन सक्नुहुन्छ। परिवारमा किचलो हुन सक्छ। ब्राह्मणलाई कपडा दान गर्नुहोस्, तपाईंका सबै समस्याहरू हट्नेछन।

कन्या राशि

कानुनी मुद्दाहरूमा साथीभाइको सहयोग मिल्नेछ। आज तपाई परिवारको इच्छा पूरा गर्ने प्रयास गर्नुहुनेछ, जसमा तपाई सफल हुनुहुनेछ। प्रेम जोडीका लागी आजको दिन उत्तम रहेको छ। मित्रहरुसंग सम्बन्ध मजबूत हुनेछ। नयाँ व्यक्तिहरूसँग काम गर्ने मौका प्राप्त हुनेछ। धनलाभ को अवसरछ। सकारात्मक सोच तपाईको लागि लाभदायक साबित हुनेछ। केसरको टिका लगाउनाले पारिवारिक सम्बन्ध बलियो हुनेछ।

तुला राशि

अपेक्षित लाभ प्राप्त नहुन सक्छ। घरमा पाहुना आउनाले प्रसन्न भइनेछ। कार्यालयमा धेरै काम भए पनि साँझसम्म सबै कामहरू सहि तरिकाले समापन हुनेछन। पतिको साथ संगतता रहनेछ। जीवनसाथीसँग समबन्ध सुमधुर हुनेछ। आमाबाबुको आशिर्वादले समस्या समाधान हुनेछन।

वृश्चिक राशि

शुभ समाचार प्राप्त हुनेछ। अफिसमा तपाईंले नयाँ जिम्मेवारी प्राप्त गर्न सक्नुहुनेछ, जुन तपाईंले पूरा गर्न सफल हुनुहुनेछ। आमाबाबुलाई धार्मिक स्थल घुमाउन लग्नुहोस। शिक्षा क्षेत्रका मान्छेलाई पदोन्नतिको अवसर प्राप्त हुनेछ। कार्यालयमा काम गर्ने महिलाहरूलाई प्रोत्साहित गरिनेछ। मन्दिरमा अगरबत्तीको पुरै प्याकेट दान गर्नुहोस,तपाइको दिन सुखमय हुनेछ।

धनु राशि

कामको सिलसिलामा गरिएको यात्रा लाभदायक हुनेछ। समाजमा मान-सम्मान वृद्धि हुनेछ। नातेदारको आगमनले घरमा खुशीको वातावरण छाउनेछ। विशिष्ट व्यक्तीसँग तपाईंको भेट हुनसक्छ। सोचेको काम पूरा हुनेछ। मार्केटिङ फिल्डकालाई आज नयाँ ग्राहक मिल्ने सम्भावना छ।पिपलमा जल चढाउनाले यात्रा शुखद हुन्छ।

मकर राशि

व्यापार सम्बन्धी काम पुरा हुने सम्भावना छ। आफु भन्दा सानाबाट नयाँ कुरा सिक्नु हुनेछ। जीवनसाथीको अपेक्षा पुरा गर्नुहुनेछ। अन्जान व्यक्तीलाई सजिलै विश्वास नगर्नुहोस। साथीभाइ सँगको मित्रता बलियो हुनेछ। साना बालबालिकालाई कलम उपहार दिनुहोस्, तपाईंको सबै काम बन्नेछन।

कुम्भ राशि

जीवनसाथीसँग तपाइको समबन्ध आज सुमधुर हुनेछ। कार्यक्षेत्रमा सबैको सहयोग प्राप्त हुनेछ। आयका नयाँ बाटा फेला पर्नेछन। रोकिएको काम पूरा हुनेछ। विधार्थीका लागी आजको दिन सर्वोत्तम छ। लामो समयबाट खोजिरहेको चिज प्राप्त हुनसक्छ। भाग्यले साथ दिनेछ। टुर्स एन्ड ट्राभल्स व्यवसायीको व्यापारमा वृद्धी हुनेछ। मन्दिरमा पहेंलो चामल दान गर्नुहोस कार्यक्षेत्र वृद्धी हुनेछ।

मीन राशि

केहि महत्त्वपूर्ण काममा भाइ बहिनीहरूको लागि समर्थन पाउनुहुनेछ। परिवारमा रमाइलो हुनेछ। आफुलाई उर्जावान महशुस गर्नु हुनेछ। नोकरीमा पदोन्नतीको बाटो खुलेको छ। थुप्रै ठाउँबाट कामको प्रस्तावहरू प्राप्त हुनेछ। व्यवसायको लागि बनाइएको यात्रा तपाईंको लागि लाभदायक हुनेछ। आज तपाईंको रचनात्मक प्रतिभा सर्वजनिक हुनेछ। तपाईंको आर्थिक स्थिति पनि राम्रो हुनेछ। भगवानलाई पहेंलो फूल चढाउनाले सबै काममा सफलता मिल्नेछ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal