आज बुधवारका साथै मासिक शिवरात्री, यि ८ राशिलाई हुनेछ लाभ

- समय सन्दर्भ

आज चैत्र कृष्ण पक्ष त्रयोदशी। आज मधुकृष्ण त्रयोदशी हो, यो बिहान १०:५७ सम्म रहन्छ। त्यसपछी चतुर्दशी तिथि शुरु हुन्छ र महिनाको प्रत्यक कृष्णपक्षको चतुर्दशी मासमा शिवरात्रिको व्रत बसिन्छ।

मेष राशि

तपाइँ केहि नयाँ व्यक्तिहरूसंग काम गर्ने मौका पाउन सक्नुहुनेछ। साथै तपाइँले कुनै पनि विशेष काममा उनीहरुको मद्दत पाउन हुनेछ। आज कार्यालयमा तपाईंको कामको सराहना गरिनेछ। जीवनसाथीसंग राम्रो समय व्यतित हुनेछ। मन्दिरमा मूंगको दाल दान गर्नुहोस्, अरुबाट मद्दत पाउनुहुनेछ।

वृष राशि

आज तपाईंलाई भाग्यको पूर्ण साथ मिल्नेछ। तपाईंको दाम्पत्य जीवन आनन्दित हुनेछ। आफूलाई स्वस्थ महशुस गर्नुहुने छ। पुराना साथीहरू भेटिन सक्छन। मिडियासँग सम्बन्धित विद्यार्थीहरूका लागी आज दिन राम्रो छ। तपाईंको उत्साह जारी रहनेछ। सामाजिक क्षेत्रमा तपाइको प्रशंसा हुनेछ। हरियो रुमाल राख्नुहोस्, लाभका अवसरहरू प्राप्त हुनेछ।

मिथुन राशि

आज कुनै मित्र अचानक घरमा भेट्न आउन सक्छन। आर्थिक पक्ष पहिले भन्दा राम्रो हुनेछ। आमाबाबुको पूर्ण समर्थन मिल्नेछ। तपाईंको वैवाहिक जीवन सुमधुर हुनेछ। किनमेलका लागी आज दिन उत्तम छ। भारी छुट मिल्ने योग रहेको छ। मन्दिरमा भाँडाकुडा दान गर्नुहोस्, तपाईंको सबै काम सफल हुनेछ।

कर्कट राशि

आज नयाँ विचारहरू दिमागमा फुर्न सक्छन। तपाईंको आयमा वृद्धिको सम्भावना छ। तपाईंलाई थकान महसुस हुनेछ। बिहानको हिँडाइ जारी राख्नुहोस, स्वास्थ्य राम्रो रहनेछ। व्यापारका सिलसिलामा विदेश यात्राको योग रहेको छ। दुर्गा सप्तशतीको पाठ गर्नाले स्वास्थ्य राम्रो हुनेछ र तपाईंका योजनाहरू सफल हुनेछन्।

सिंह राशि

आज तपाईको मन सामाजिक कार्यमा जान सक्छ। तपाईंको प्रशंसा हुनेछ। आर्थिक अवस्था सुधार गर्न तपाईंले आफ्नो कडा परीश्रम जारी राख्नुपर्छ। तपाईं मेहनतको बलमा सफल हुनुहुनेछ। व्यवसायमा लगानी गरिएको पैसाले तपाईंलाई लाभ पुऱ्याउन सक्छ। यो दिन खेलकुदसँग सम्बन्धित विद्यार्थीहरूको लागि राम्रो छ। फुपु वा दिदी बहिनीलाई हरियो रंगको कुनै उपहार दिनुहोस, तपाईंका सबै समस्याहरू टाढा हुनेछन्।

कन्या राशि

कार्यस्थलमा मान मर्यादा मिल्नेछ। उन्नतिको अवसर प्राप्त हुनेछ। प्रेम-संबंध मजबूत हुनेछ। व्यापारमा अचानक धनलाभ हुनेछ। परिवारमा सुख-शांति मिल्नेछ। जीवनशैलीमा परिवर्तन देखा पर्नेछ। यो बदलावले तपाइलाई फाइदा पुर्‍याउने छ। स्वास्थ्य राम्रो रहने छ। नुहाउने पानीमा गंगाजल हालेर नुहाउनुहोस,सबै काम फत्ते हुनेछ।

तुला राशि

आमाबाबुको सहयोगले कुनै काम सफल हुनेछ। कुनै मित्र अचानक घरमा आउन सक्छन। यस दिनका विद्यार्थीहरूको लागि सामान्य हुनेछ। घरको आनन्द र समृद्धिमा वृद्धिको सम्भावना छ। आज तपाईले तपाईंको क्रोध नियन्त्रणमा राख्नुपर्छ। वाद-विवाद हुनसक्छ। शिवलिंगामा जल चढाउनुहोस , तपाईंका सबै समस्याहरू हटेर जानेछन।

वृश्चिक राशि

आज तपाई केहि कामहरुमा साथीहरूलाई सहयोग गर्नुहुनेछ। धेरै दिन रोकिएको धनराशी फिर्ता हुनेछ। यो दिन विद्यार्थीहरूको लागि उत्तम छ। सुसमाचार प्राप्त हुनेछ। तपाईंको स्वास्थ्य राम्रो हुनेछ। आज तपाईंलाई व्यापारमा नाफा हुनसक्छ। दुर्गामातालाई रातो वस्त्र चढाउनुहोस , सम्बन्ध बलियो हुनेछ।

धनु राशि

आज तपाईलाई आर्थिक लाभहरूको लागि राम्रो अवसर प्राप्त हुनेछ। भाइहरूसँग सम्बन्ध बलियो हुनेछ। कलात्मक कामहरूमा तपाईंको चासो बढ्नेछ। नयाँ लक्ष्य निर्धारण गर्न आजको दिन शुभ छ। आज कार्यालयको जूनियरहरूले तपाईंसँग सहयोग माग्न सक्छन्। तपाई तिनीहरूलाई सहयोग गर्न सक्षम हुनुहुनेछ। कन्याको पाउ छोएर आशीर्वाद लिनुहोस,तपाईंका सबै इच्छाहरू पूरा हुनेछन्।

मकर राशि

आज केहि कामको लागी, तपाईंसँग मनमा नयाँ विचार आउन सक्छ। अधिक कामले तनाव बढाउन सक्छ। सम्पत्तिको लागि राम्रो ‘डील’ हुन सक्छ। केही गल्तिहरू हुन सक्छ्न, हतारमा काम गर्नबाट बच्नुहोस। विद्यार्थीहरूले अध्ययनमा ध्यान दिन आवश्यक छ। ॐ शब्द ११ पटक उच्चारण गर्नुहोस्, तपाइलाई फलिफाप हुनेछ।

कुम्भ राशि

सोचेका सबै काम पूरा हुनेछन। व्यापारमा लगानी लाभदायक हुनसक्छ। आज विवाहित मान्छेहरुको लागि शुभ छ। कामको लागि ऊर्जा बनी रहनेछ। शिक्षासंग सम्बन्धित सबै मनोकामनाहरु पूरा हुनेछन। आयको अतिरिक्त स्रोतहरू फेला पर्नेछन। असहायलाई लुगा बाड्नुहोस, जीवन आनन्दित हुनेछ।

मीन राशि

आज काम गर्ने तरिकामा केहि परिवर्तन हुन सक्छ। बच्चाबाट सुसमाचार मिल्नेछ। भौतिक सुविधाहरूमा वृद्धि हुनेछ। कार्यालयमा कुनै जटिल समस्या आज समाधान हुनेछ। विद्यार्थीका लागी आज को दिन शुभ छ। मन्दिरमा मह दान गर्नुहोस्, सम्बन्धहरू अझ राम्रो हुनेछ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal