यी घरेलु उपायले टाउको दुखाइको समस्या समाधान गर्नुहोस

- समय सन्दर्भ

टाउको दुख्ने समस्याहरू सबैलाई हुन सक्छ। निद्रा पुरा नहुनु , तनाव जस्ता कारणले सिरदर्दको समस्या हुन्छ। सिरदर्दका कारण तपाइलाई कुनै पनि कार्य ठिकसँग गर्नमा कठिनाइ हुन जान्छ। दुखाइ कम गर्न औषधी नै खानु पर्छ भन्ने छैन, तपाईं केहि घरेलु उपायले पनि यसको समाधान गर्न सक्नुहुन्छ। आउनुहोस यस्ता केहि घरेलु उपायबारे जानकारी लगौ :

दालचीनी:

दालचीनीले सिरदर्द समस्या हटाउन मद्दत गर्दछ। यसको लागि, दालचीनीका टुक्रालाई पिसेर  पाउडर बनाउनुहोस्। यो पाउडरमा थोरै पानी हालेर पेष्ट बनाउनुहोस र शिरमा ३० मिनेटसम्म लगाएर राख्नुहोस। यसो गर्दा दुखाइ गायब भएर जान्छ।

चिया कफी पिउनुहोस:

क्याफिनले टाउको दुखाइ कम गर्न मद्दत गर्छ। यसका लागी चिया वा कफीको सेवन उपयुक्त हुन्छ। क्याफिनले मूडमा सुधार ल्याउछ,रक्त वाहिकाहरू संकुचित गर्छ। जसका कारण सिरदर्द ठीक भएर जान्छ।

योग गर्नुहोस्:

योग तनाव, दुखाइ र स्वस्थ जीवनको लागि फाइदाजनक छ। सिरदर्द हटाउन योग गर्न सकिन्छ। यसले तपाईंलाई स्वस्थ राख्न मद्दत पनि गर्दछ।

लेभेंडर ओयल:

लेभेंडर तेल सुगन्धका लागी मात्र होईन सिरदर्द कम गर्नमा पनि काम लाग्छ। सिरदर्द कम गर्न तातो पानीमा केहि थोपा लेभेंडर तेल हालेर यसको वाफ लिनुहोस ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal