लमजुङका किसानलाई ट्याक्टर

- समय सन्दर्भ

कृषिमा यन्त्रीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्धेश्यले लमजुङको बेंसीसहर नगरपालिकाले किसानलाई हाते ट्याक्टर ९मिनीटिलर० प्रदान गरेको छ । नगरपालिकाको कृषि शाखाले नगरपालिका भित्रका २३ जना किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो । किसानलाई खेती गर्न सहज होस् भनेर अनुदानमा हाते ट्याक्टर दिइएको नगरपालिका प्रमुख गुमानसिंह अर्यालले बताउनुभयो । ‘गाउँका युवा विदेशीएका छन् । काम गर्ने मान्छे खोज्दा पाइँदैैन । गोरु पाल्न छाडेका छन्’ उहाँले भन्नुभयो–‘खेतीलाई सरल र सहज बनाउन किसानलाई ट्याक्टर दिएका छौं । यसले कम समय लाग्छ । खर्च पनि कम हुन्छ ।’

कृषिमा यन्त्रीकरण, व्यवसायिकरण र बजारीकरण गर्नुपर्ने भन्दै यसका लागि किसानलाई सहयोग गरिएको उहाँले बताउनुभयो । नगरपालिका कृषि शाखा प्रमुख नवराज बरालका अनुसार नगरपालिकाबाट गतबर्ष १३ वटा हाटे ट्याक्टर वितरण गरेको थियो । आगामि बर्ष किसानको माग अनुसार थप्दै लैजाने उहाँले बताउनुभयो । हाटे ट्याक्टरले १ दिनमा ५/६ हलसम्म खेत जोत्न सक्ने उहाँले बताउनुभयो । प्रति ट्याक्टर ७० हजार रुपियाँ मूल्य पर्ने उहाँले बताउनुभयो ।

एसकेटी डिलर बेंसीसहरका प्रमुख राजु अर्यालका अनुसार हाते ट्याक्टर गोरुको तुलनामा सस्तो र सहज हुन्छ । यसले किसानको श्रम घटाउँछ । लागत घटाउँछ । गोरुले जोत्दा दिनभर लाग्ने भएपनि ट्याक्टरले जोत्दा एक हल खेत डेढ घण्टामा सकिन्छ । कृषि उत्पादनमा यस्ता सामाग्रीले सघाउ पु¥याउने उहाँले बताउनुभयो । डिलरमा आवश्यक मर्मतसम्भार समेत गरिने र ट्याक्टर लिएका किसानका लागि तालिम सञ्चालन गरिने बताउनुभयो ।

बेंसीसहर नगरपालिका २ भकुण्डेका किसान सकुन्तला थापाले गोरु र हली खोज्दा नपाइने भएपछि ट्याक्टर लिन आएको बताउनुभयो । उहाँले भन्नुभयो–‘खेती गर्न साह्रै समस्या भयो । न गोरु, न हली पाउने । खेत नै बाझो हुने चिन्ता पो भयो । अनि ट्याक्टर लिन आएँ ।’

गाउँका युवा विदेशीनु र खेत जोत्न मान्छे अभाव भएपछि किसानले ट्रयाक्टरको माग गर्ने गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले बताउनुभयो । हाते ट्रयाक्टरमार्फत आफ्नो खेत जोत्ने र छिमेकीलाई समेत समस्या पर्दा कम मूल्यमा प्रयोग गर्न दिनेगरी वितरण गरिएको उहाँले बताउनुभयो

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal