हेलिकप्टरबाट एउटा सिट हटाइने

- समय सन्दर्भ

हवाई क्षेत्रको नियमक नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले नेपालमा पछिल्लो समय भित्रिएका हेलिकप्टरबाट एउटा सिट हटाउने निर्णय गरेको छ। पछिल्लो समय हेलिकप्टरहरुले जथाभावी यात्रु बोक्न थालेको भन्दै हेलिकप्टर सेवाप्रदायकको सहमतिमै भोलिदेखि प्रत्येक हेलिकप्टरबाट सिट हटाउन निर्देशन दिएको छ।

राम्रो मौसम र सुगम ठाउँमा उड्नका लागि उपयुक्त हुने सुविधा स्वरुप उपलब्ध सिटको दुरुपयोग भएको भन्दै पाइलट छेउको सिट हटाउन नियमक र सेवाप्रदायक सहमत भएका छन्। नेपालको हेलिकप्टर उडानलाई अझै सुरक्षित बनाउका लागि विभिन्न विषयमा छलफल भएको र तत्काल गर्नुपर्ने निर्णयमा हेलिकप्टरका सिट हटाउने निर्णय गरिएको हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कँडेलले जानकारी दिए।

‘नेपालको उडानलाई कसरी अझै सुरक्षित बनाउन सकिन्छ भनेर छलफल भएको थियो, त्यसमा पछिल्लो समय ६+१ सिट क्षमता भएका हेलिकप्टरबाट पाइलटको छेउमा हुने सिट(बेन्चसिट) काट्ने निर्णय भएको छ’ कँडेलले सेतोपाटीसँग भने।

नेपालको हेलिकप्टर उडानलाई बढीभन्दा बढी सुरक्षित बनाउनका लागि नियमित रुपमा गरिने छलफल अन्तर्गत आजको छलफल भएको र त्यसबाट तत्कालिन र दीर्घकालिनरुपमा गर्नुपर्ने कामका सन्दर्भमा निर्णय लिइएको नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिए।

उनका अनुसार मौसम, उडान सुरक्षाका विषयमा सेवाप्रदायकहरुले अपनाउनुपर्ने सतर्कतामा कुनै पनि कसर बाँकी नराख्न प्राधिकरणले सचेत गराएको थियो। ‘हामीले छलपलमात्र होइन सुरक्षाका मामिलामा पाइलट, अपरेशन तथा अन्य जनशक्तीलाई पनि तालिम दिइरहेका हुन्छौं त्यही अन्तर्गत आज छलफल भएको हो’ पोखरेलले भने।

अघिल्लो सातामात्र एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र प्रसाद अधिकारीसहित सातजनाको ज्यान गएको थियो। उक्त उडानमामा सात जना यात्रु बोकिएको भन्दै आलोचना भएको थियो।

हेलिकप्टरमा क्षमताभन्दा बढी यात्रु भएका पाइलट आफैले रोकथाम गर्नपर्ने हुन्छ। त्यस्तोमा नियमकको कुनै पनि उपस्थिति नभएको ठाउँमा अनुकुलतामा प्रयोग गर्न मिल्ने सिट दुरुपयोग हुनसक्ने भन्दै हटाउने निष्कर्षमा क्यान पुगेको हो।

सिट हटाउनेसँगै सथरमाथा क्षेत्रमा रहेको गोरक्षेप हेलिप्याट तत्कालका लागि बन्द गर्ने निर्णय क्यानले गरेको छ। आपत्कालिन उद्धारका लागि बाहेक अहिलेको हेलिप्याड प्रयोगमा रोक लगाउने निर्णय गरिएको हो।

हेलिकप्टर सोसाइटीले सयुक्तरुपमा सेवाप्रदायकको सेफ्टी एसिसमेन्ट गर्ने भएको छ। सोसाइटीले क्यान बाहेक आन्तरिक अपरेशनलाई चुस्त दुरुस्त बनाउनका लागि अडिट गर्ने छ। त्यसबाट देखिएका कमजोरी सच्याउनका लागि सोसाइटीले सेवाप्रदायकलाई सिफारिस गर्ने छ।

पछिल्लो समय पाइलटमाथि हेलिकप्टर सञ्चालकहरु हावी भएको र त्यसले गर्दा खराब मौसममा पनि उडान हुने गरेको क्यानको आशंका छ। यही आशंकालाई लिएर क्यानले अब सेवाप्रदायकको अपरेशन अडिट कडाइका साथ गर्ने र सुधार नभए लाइसेन्स नै खारेज गरिदिने चेतावनीसमेत दिएको थियो।

भीआइपी उडान निर्देशिका बन्ने

क्यानले विशिष्ट व्यक्तीहरुको हेलिकप्टर उडानको समयमा पालना गर्नुपर्ने नियमका सन्दर्भमा गाइड लाइन बनाउने भएको छ। क्यानले त्यस्तो उडानका लागि सेवाप्रदायकदेखि पाइलटसम्मले पालना गर्नुपर्ने सामन्य नियम बनाउने र त्यहीअनुसार सेवाप्रदायकले उडान कार्यविधि बनाउनुपर्ने भएको छ।

यही आर्थिक वर्षभित्र यस्तो गाइडलाइन बनाइसक्ने क्यानले जानकारी दिएको छ।

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनापछि नेकपाका सांसद योगेश भट्टराईले भीआइपी उडान सम्बन्धि नियम बनाउनुपर्ने बताउँदै आएका थिए।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal