विश्वभरीका धनाढ्यको सूचीमा विनोद चौधरी १ हजार ३ सय ४९ औं स्थानमा

- समय सन्दर्भ

काठमाडौँ । विनोद चौधरीको सम्पत्ति एक वर्षमा २० अर्ब रुपैयाँ बढेको छ । चर्चित अमेरिकी म्यागेजिन फोब्र्सले सार्वजनिक गरेको सन् २०१९ का विश्वभरीका धनाढ्यको सूचीमा चौधरी १ हजार ३ सय ४९ औं स्थानमा छन् । उनको कूल सम्पत्ति १ अर्ब ७० करोड डलर रहेको फोब्र्सको आकलन छ ।

गत वर्ष चौधरीको सम्पत्ति १ अर्ब ५० करोड अमेरिकी डलर थियो । एक वर्षमा चौधरीको सम्पत्ति २० करोड अमेरिकी डलर अर्थात २२ अर्ब रुपैयाँले बढेको हो ।

फोब्र्सलाई आधार मान्ने हो भने चौधरीको सम्पत्ति सन् २०१३ यता ७० अर्ब रुपैयाँ बढेको छ । सन् २०१३ मा पहिलोपटक फोब्र्सको सूचीमा पर्दा चौधरीको कूल सम्पत्ति १ अर्ब अमेरिकी डलर थियो ।

२०१५ मा १ अर्ब ३० करोड अमेरिकी डलर पुगेको उनको सम्पत्ति अर्को वर्ष २० अर्बले घटेको फोब्र्सको तथ्याकं छ । त्यसयता चौधरीको सम्पत्ति प्रतिवर्ष २२ अर्ब रुपैयाँको दरले बढ्दो छ ।

६३ वर्षीय चौधरी सीजी कर्प ग्लोबल र चौधरी ग्रुप नेपालका मालिक हुन् । चौधरीको नबिल बैंकमा ठूलो लगानी रहे पनि खाना, विद्युतीय सामाग्री, बियर होटलमार्फत पनि उनले मनग्य आम्दानी हुने फोब्र्सले जनाएको छ ।  यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal