बैंक अफ काठमाण्डूका तत्कालीन सीईओ सहित ११ जना पक्राउ

- समय सन्दर्भ

काठमाडौं,असोज ५। बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय श्रेष्ठसहित ११ जना कर्मचारी पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआइबीले शुक्रबार उनीहरूलाई बैंकिङ्ग कसुरको मुद्धामा पक्राउ गरेको हो।

पूर्व झापास्थित एक खोलाको बगर धितो राखेर ऋण दिएको अभियोगमा बैंक अफ काठमाण्डूका पूर्वप्रमुख कार्यकारी अधिकृतसहित ११ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको हो ।

बैंकका सीईओ, कर्मचारी र भ्यालुएटरलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न शुरू गरिएको पाण्डेले बताए। पूर्व सिईओसँगै बैंकको वहालवाला तीनजना कर्मचारी पनि पक्राउ परेका छन्।

श्रेष्ठको बिगतको छवि अत्यन्त सकारात्मक भन्दै बैंक अफ काठमाण्डूका वर्तमान सिइओ सोहनदेव पन्त सहितको टोलीले श्रेष्ठलाई नियन्त्रणमा नलिई अनुसन्धान गर्न आग्रह गरेका थिए। तर, प्रहरीले हिरासत मै राखेर अनुसन्धानको प्रकृया अगाडि बढाएको छ।

बैंकसम्बन्धी कसुर मुद्दामा ६० दिनसम्म प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्नसक्ने कानूनी व्यवस्था छ ।

-रासस

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal