नेपाल राष्ट्र बैंकले असोज १० गतेदेखि नयाँ नोट उपलब्ध गराउने

- समय सन्दर्भ

काठमाडौँ , असोज ४। नेपाल राष्ट्र बैंकले असोज १० गतेदेखि नयाँ नोट उपलब्ध गराउने जनाएको छ । दशैँमा विशेषत: साना दरका नयाँ नोटको माग उच्च हुने हुँदा विभिन्न बैंक तथा वित्तीय संस्थामा नोट उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ ।

बैंकले आफ्नै मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, विरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयमा नयाँ नोट उपलब्ध हुने जनाएको छ ।

साथै उपत्यका भित्रका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका विभिन्न कार्यालयमा पनि नयाँ नोट साटन पाइने उल्लेख छ । बैंकले रु ५, १०, २०, ५० र १०० दरका एक/एक बण्डल गरी प्रति व्यक्ति रु १८ हजार ५०० का दरले नयाँ सटही सुविधा उपलब्ध गराउने जनाएको छ ।

“नोट राष्ट्रको सम्पत्ति हो, यसको हिफाजत गरौँ ।” भन्दै  केन्द्रीय बैंकले नोटमा केरमेट नगर्न समेत आग्रह गरेको छ ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal