दाङ जिल्ला उद्योग वाणिज्य संघद्वारा उद्योगि तथा व्यवसायिहरुलाई कर सम्वन्धी प्रशिक्षण

- समय सन्दर्भ

दाङ, ११ साउन ।  जिल्ला उद्योग वाणिज्य संघ दाङले उद्योगि तथा व्यवसायिहरुलाई कर सम्वन्धी प्रशिक्षण दिएको छ । सरकारले भरखरै मात्र लागु गरेको करनिती, उद्योगि तथा व्यवसायिहरुले गर्नु पर्ने कार्य, हिसाव किताव कसरी राख्ने, व्यवसायिहरुलाइ पर्ने समस्या समाधानका उपाय लगाएतका बारे संघले प्रशिक्षण दिएको हो ।

व्यवसायिहरुको माग अनुसार संघले तालिम तथा अन्य विभिन्न कार्यक्रम गदै आएको संघका अध्यक्ष नारायण प्रसाद भुसालले जानकारी दिए । आउदा दिनका पनि यस प्रकारका कार्य लाइ निरन्तरता दिइने उनको भनाइ रहेको छ । प्रशिक्षण कार्यक्रमको प्रशिक्षकमा थमन अधिकारी रहेका थिए ।प्रशिक्षण कार्यक्रममा संघ अन्तर्गतका वस्तुगत समितीका नेतृत्व एवम सदस्यहरु,उद्योगी तथा व्यवसायिहरु समेतको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागिहरुले राज्यले व्यवसायिहरु लाइ विभिन्न वाहानामा दुख दिने गरेको गुनासो गरेका थिए । उनीहरुले राज्यले व्यवसायि गर्ने वातावरण समेत सृजना गर्ने नसकेको बताएका थिए । अहिले सरकारले लिएको निती निजी क्षेत्रको सहमती विना लिएको भन्दै यस लाइ सच्चाउनु पर्ने बताएका थिए । कार्यक्रम संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य धुव्रराज श्रेष्ठ (भारी )को प्रमुख आतिथ्यता एवम नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नं ५ का उपाध्यक्ष हेमराज वन्जाडेको विशिष्ट आतिथ्यतामा भएको थियो ।

संघका वाणिज्य उपाध्यक्ष टंकसिह वुढाथोकीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा सहभागिलाइ धन्यावाद ज्ञापन उद्योग उपाध्यक्ष वसन्त जोसीले गरेका थिए । भने कार्यक्रमको सहजिकरण संघका महासचिव नरेश कार्कीले गरेका थिए ।

-फरककोण

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal