भारतिय नागरिक चोरीगर्दा गर्दै पक्राउ

- समय सन्दर्भ

दाङ, फागुन २५ । घरमा चोरी गरेको अभियोगमा तुलसीपुर वाट एकजना भारतिय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारतको बिहार जिल्ला मोतिहारी ग्राम पञ्चायत स्लामापुर छोट्का छोप्कैया वडा नं.७ निवासी २६ बर्षीय किस्मत महतो रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवा स्थित जनक शाहीको घरमा कोही नभएको मौका छोपी चोरी गर्दै गरेको अवस्थामा महतोलाई स्थानीयको सहयोगमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

शुक्रवार दिउँसो ढोकामा लगाएको ताला फोडी चोरी गर्ने क्रममा स्थानीयले देखेपछि स्थानीय र प्रहरी मिलेर लखेटेर महतोलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

पक्राउ परेका महतोको साथ बाट प्रहरीले ६८ हजार ६ सय ३० रुपैंया नगद, १ थान छड्के तिलहरी, १ थान मंगलसुत्र, भाँचिएको बाला १ थान,२ थान झालर र २ थान आंैठी बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal