गाई चोर्न खोज्दा बाँकेमा एकजना घाइते

- समय सन्दर्भ

नेपालगन्ज, भाद्र २४। बाँकेको नरैनापुर गाउँपालिका वडा नं.४ मास्थित बरफानी बाबा कुटीको गौशालाबाट गाई चोरी गर्न खोज्दा भएको भनाभन पश्चातको हानाहानमा एकजना घाइते भएका छन् ।

सोमबार साँझ ४ बजेको समयमा गाई चोरी गरी लैजान खोज्दा भएको विवादपछीको कुटाकुटमा गाई चोरी गर्ने मध्यका नरैनापुर–४ बालापुर बस्ने साविर खाँ घाइते भएका छन । खाँको टाउको र खुट्टामा धारिलो हतियारले काटिएको  इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक मान बहादुर बिसीले बताउनु भयो ।

गाई चोरी गर्न पुगेका  नरैनापुर ४ बस्ने दिलदार नाउ, महियदीन खाँ र सैदवान खाँ फरार रहेको र घाइते साविर खाँलाई उपचारका लागि आज नेपालगन्ज मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ ।

सांकेतिक तस्वीर

मुस्लिम समुदायको पर्व मोहर्रमको उल्लास जारी रहँदा साम्प्रदायिक विवाद उत्पन्न हुने किसिमले घटना भएपछि प्रहरी सतर्कता पूरै क्षेत्रमा बढाइएको इन्चार्ज बिसीले जानकारी गराउनु भयो ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal