श्रीमानद्वारा श्रीमतीको हत्या

- समय सन्दर्भ

गोरखा, भाद्र १ ।  गत राती गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा  श्रीमानले श्रीमतीको हत्या गरेका छन् । स्थानीय २० वर्षीय याकुब परियारले आफ्नी १९ वर्षकी श्रीमती पूजा परियारको खुर्पाले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटना १० बजेतिर भएको हो ।  मृतकका श्रीमान याकुव मानसिक रोगी भएको बताइएको छ ।

हत्याका आरोपित याकुवलाई गए राति नै नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल गोरखामा राखिएको छ ।

-रासस

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal