४३ किलो चरेससहित एकजना पक्राउ

- समय सन्दर्भ

चितवन, असार ३१। लागुऔषध चरेससहित चितवनमा एकजना पक्राउ परेका छन् ।  चितवनको रत्ननगर नगरपालिका–२ स्थित छोरीको घरमा बस्दै आएकी भारत मोतिहारीकी अन्दाजी ७० वर्षीया नुर्जाहा खातुनलाई प्रतिबन्धित लागुऔषध ४३ केजी चरेससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यको कमाण्डमा खटिएको प्रहरी टोलीले गए राति ८ः२० बजे उनलाई पक्रेको हो ।

बरामद चरेससहित खातुनलाई इलाका प्रहरी कार्यालय टाँडी चितवनमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिए ।

-रासस

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal