राजधानीको सुकेधारा र अनामनगरमा बम विष्फोट-बम बनाउने नै विष्फोटको शिकार

- समय सन्दर्भ

 

 

काठमाडौँ, जेष्ठ १३ । राजधानीको सुकेधारा र अनामनगरमा आइतबार अपराह्न लगभग उस्तै समयमा भएको बम विस्फोटमा परी ३ जनाको मृत्यु भएको छ । अपराह्न्न क रिब ४:१५ मा भएको विष्फोटबाट ६ जना घाइते भएको जनाइएको छ ।

विष्फोटमा परी मृत्यु हुनेमा बम बनाउने तथा राख्ने काममा संलग्न रहेका व्यक्तिहरु भएको बताइएको छ ।

महानगरीय प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक श्याम ज्ञवालीका अनुसार, अनामनगर अप्काहाउस पछाडि सङ्गमगल्लीस्थित लोकमञ्जरी कार्कीको घरको भुइँ तलामा भएको बम विस्फोटमा परी एकजनाको घटनास्थलमै मृत्यु हुनुका साथै एकजना घाइते भएका छन ।

सुकेधारा ढलाने पुल नजिकै रहेको शैलुन पसलभित्र बम विस्फोट हुँदा दुईको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार, बम विस्फोटमा परी मर्नेमा एक जना ‘विप्लव’ समूहका कार्यकर्ता हुन् ।

राजधानीका विभिन्न स्थानमा बम राख्ने योजना अनुसार, प्रेसर कुकरबम निर्माण गर्दै गरेको अवस्थामा अचानक बम पड्किएको हुनसक्ने अनुमान प्रहरीको छ ।

प्रवक्ता ज्ञवालीका अनुसार, अनामनगरस्थित कोठामा बनाई राखेको बम कतै राख्न लैजान खोज्दा कोठाभित्रै पड्किएपछि प्रज्ज्वल शाहीको मृत्यु र रविन केसी घाइते भएका हुन् ।

घाइते रविन केसी अखिल विप्लव समूह त्रिचन्द्र क्याम्पस इकाई अध्यक्ष हुन भने शाही सीटीईभीटीका विद्यार्थी नेता हुन् । घाइते केसीको ट्रमा सेन्टर वीर अस्पतालमा उपचार भइरहेको छ ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal