जनकपुर । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं. ६ को जरलहवा बस्तीका अग्निपीडित परिवारहरूलाई राहत वितरण नेपाल यादव युवा संघ द्वारा राहत बितरण गरिएको छ । गत बुधबार मटिहानी नगरपालिका वडा नं. ६ स्थित जरलहवा गाछी बस्तीमा भएको आगलागीमा डेढसय भन्दा बढी घर जलेको छ।
आगलागी पीडितहरूका आशु पुछ्न हेतु शुक्रबार संघका अध्यक्ष चन्द्र यादव र युवा नेता शुव यादवको नेतृत्वमा आगलागी पीडितहरूलाई राहत सामाग्री वितरणको कार्यक्रम सम्पन्न गरिएको हो । १ सय ४ घरधुरी आगलागी पीडितहरूका प्रत्येक परिवारमा स्टिलको बाटा (कठौति), गिलास, थाल, कचौरा लगायतका राहत सामाग्रीहरू वितरण गरिएको थियो ।
उक्त सामग्रीहरू पीडित व्यक्तिहरूको अनुरोध मै बितरण गरिएको संघ बाट सहयोग गर्न पुगेका अध्यक्ष चन्द्र यादव र युवा नेता शिव यादवले पीडितहरू सँग सल्ला सुझाब लिएर नै पीडितहरूको आग्रहमै उक्त समानहरू बितरण गरिएको चन्द्र यादवले जानकारी दिए ।
महोत्तरीको मटिहानीमा यस अघि नै अन्य संघ संस्थाहरू राहत बितरण गरिसकेको हुनाले हाललाई त्यहाँका आगलागी पीडितहरूलाई प्रसस्त राहत पुगिसकेको हुनाले संघका अध्यक्ष चन्द्र यादव र नेता शिव यादव महोत्तरी बाट सर्लाही आगलागी पीडितहरूलाई राहत सामग्रीहरू बितरण गर्न पुगेका छन्।
सर्लाहीको विष्णुपुर वस्तीमा समेत आगलागी भएको हुनाले उनीहरू आज त्यहाँ पीडितको आवश्यकता अनुसार राहत बितरण गर्ने छन्। क्रमश, त्यस पछि अन्य आगलागी भएको ठाउँमा समेत सहयोग गर्ने प्रतिवादता जनाएको छ ।