काठमाडौं। सरकारले मधुकुमार मरासिनीलाई अर्थसचिवको जिम्मेवारी दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले अर्थसचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दै अर्थसचिवको जिम्मेवारी मरासिनीलाई दिने निर्णय गरेको हो।
पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि मरासिनी निलम्बनमा परेका थिए।
विशेषबाट सफाइ पाएपछि उनको निलम्बन फुकुवा भएको थियो। निलम्बन फुकुवासँगै सरकारले मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिएको हो।