काठमाडौं । सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना भएको छ। तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।
दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-४ स्थित पिस्कर जान लागेको जन्ती बस आज बिहान साढे सात बजे दुर्घटनामा परेको हो।
दुलहासहित ३२ जना भने घाइते भएका प्रहरीले जानकारी दिएको छ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।