काठमाडौं। गायक राजेश पायल राई पक्राउ परेका छन्। मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई गएराति पक्राउ परेका हुन्।
राजेश पायल राई सहित तीनजनालाई मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरी प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको छ।
गायक राईलाई आफन्तको जिम्मा लगाउने प्रहरीको तयारी छ।