काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अब आफूले बैंकको ऋण तिर्ने बताएका छन् । आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले हालसम्म बैंकको ऋण नतिरेको भए पनि अब आफूले लिएको सबै ऋण तिर्ने प्रतिवद्धता गरेका हुन् ।
झापास्थित बीएण्डसी मेडिकल कलेजको सम्बन्धन पाउने सर्वोच्चको आदेशपछि खुसी व्यक्त गर्दै उनले अब मेडिकल कलेज सञ्चालन गरेर बैंकको अण पनि तिर्ने बताएका हुन् ।
‘मेडिकल कलेजले सम्बन्धन पाएको छ, अब म बैंकको पैसा तिर्छु, मैले बैंकको पैसा तिर्दिनँ भनेको छैन, ७ प्रतिशतको ब्याज किन १७ प्रतिशत बनायौँ भनेर मात्रै प्रश्न गरेको हो,’ उनले भने ।
उनले आफ्नो अभियान भने नरोकिने बताएका छन् । उनले अब मेडिकल पनि सँगै सञ्चालन गर्ने र अभियानलाई पनि तीव्रता दिने बताएका छन् ।