काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँचजनाको मृत्यु भएको छ। दुर्घटनामा दुई पुरुष, दुई महिला र एक बालिकाको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार ज्यान गुमाएकाहरूको परिचय खुलेको छैन। आज बिहान ७:१५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक बा२ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो।
ट्याक्सीमा कति यात्री सवार थिए भन्ने पनि यकिन नभएको प्रहरीले जनाएको छ। दुर्घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ।