काठमाडौं । सर्वोत्तम सिमेन्ट दोस्रो बजारमा कारोबार सुरु भएको दिनदेखि आज सातौं दिनसम्म लगातार अपर सर्किट लागेको छ। बिहीबार ९.९९ प्रतिशत अर्थात ९८ रुपैयाँ ४० पैसाले बढेसँगै कम्पनीको शेयर मूल्य १०८३ पुगेको छ ।
बिहीबार कम्पनीको शेयर बिहान ९८४ रुपैयाँ ६० पैसामा कारोबार खुला भएको थियो । कम्पनीको शेयर प्रतिकित्ता ९८ रुपैयाँ ४० पैसा बढेर १०८३ पुगेको हो।
आइपिओ परेर दोस्रो बजारमा कारोबार सुरु भएको ७ कारोबार दिनमै लगानीकर्ताहरुले सर्वोत्तम सिमेन्टमा गरिएको लगानीबाट २०० प्रतिशत बढी रिटर्न पाएका छन्।
कम्पनीले ३६० रुपैयाँ ९० पैसामा बुक बिल्डिङ्गबाट आईपीऋो निष्कासन गरेको हो । ५५ हजार ५२१ जनाले न्यूनतम ५० कित्ताका दरले कम्पनीको आईपीओ पाएका छन् । यस आधारमा १८ हजार ४५ हजार लगानी गरेका लगानीकर्ताले ३६ हजार १०५ रुपैयाँ नाफा कमाएका छन् ।