काठमाडौं । काठमाडौं उपत्यका सहित पहाडी जिल्लामा आज हर्षोल्लासपूर्वक होली मनाइँदै छ। काठमाडौंसहित पोखरामा पनि होलीको उल्लासपूर्ण वातावरण छ। होलीमा स्वदेशी मात्र होइन विदेशी पर्यटक पनि झुमेका छन्।
प्रमुख पर्यटकीय गन्तव्य ठमेललगायत विश्वसम्पदा क्षेत्रमा विदेशी पर्यटकले पनि हर्षोल्लासका साथ होली पर्व मनाएका छन्। वसन्तऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी पर्यटकले फागुपूर्णिमाका अवसरमा यहाँ मनाइँदै आएको होली पर्वलाई हर्षोल्लासका साथ मनाएका हुन् ।
आज बिहानैदेखि एक अर्कासँग रङ साटासाट, नाचगानसँगै रमाइलो गरी होली मनाइँदै छ। राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल, वसन्तपुर, दरबारमार्ग, पाटन, बौद्धलगायत क्षेत्रमा होली विभिन्न कार्यक्रम आयोजना गरि मनाइँदै छ। विभिन्न ठाउँमा सडकमा साङ्गीतिक मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएका छन्।
हेरौं काठमाडौं, पोखरालगायत विभिन्न ठाउँबाट लिइएका तस्बिरहरु-