काठमाडौं । विराटनगरमा हत्या गरेर फालिएको अवस्थामा एक स्टाफ नर्सको शव शौचालयमा फेला परेको छ। विराटनगर महानगरपालिका–४ स्थित एउटा घरमा २३ वर्षीया चन्द्रिकाकुमारी दासको शव विभत्स अवस्थामा हत्या गरेर शौचालयमा फालिएको अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए।
उनी नोबेल शिक्षण अस्पतालमा कार्यरत थिएन् र डेरामा बस्दै आएकी थिइन्। उनको कोठामा हत्या गरेर शौचालयमा शव फालिएको हुनसक्ने दाहालले बताए। दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा गहिरो चोट छ।
सिराहाको फुल्काहकट्टी घर भएकी दास अस्पतालनजिक विराटनगर–४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन्।
शव एट्याच कोठाको शौचालय भित्र भेटिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।