गृहमन्त्री रवी लामिछानेले कुनै पनि गैरकानुनी क्रियाकलापमा संलग्न जो सुकैलाई कारबाही गर्न आफ्नो आदेश नकुर्न प्रहरी संगठनलाई निर्देशन दिएका छन्। उनले ऐन पल्टाउन र तत्काल कारबाही थालिहाल्न पनि निर्देशन दिएका हुन्।
उनले प्रहरीलाई आफूले सलाम गर्ने गरी काम गर्न पनि निर्देशन दिएका छन्। ‘तपाईंले मलाई होइन मैले तपाईंलाई सलाम गर्ने गरि काम गर्नुहोस्। मेरो शुभकामना छ’, उनले सामाजिक सञ्जालमा भनेका छन्।
उनले भनेका छन्, ‘देश भरका सम्पूर्ण राष्ट्रसेवक प्रहरीहरु लाई मेरो अपिल :देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ,कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन। ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो।’