काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा अध्यक्षमा युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन्।
कांग्रेससँग राष्ट्रिय सभामा १६ सांसद छन्। कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी कांग्रेसले राष्ट्रिय सभा सदस्य बनाएको थियो। तर, माओवादीसँगको गठबन्धन टुटेपछि कांग्रेसले उम्मेदवारमा शर्मालाई अघि सारेको हो। ७४ वर्षीय शर्मा बाँकेका हुन्।
शर्माको प्रस्तावक कांग्रेस सांसद आनन्दप्रसाद ढुंगाना र समर्थकमा कांग्रेसकै सांसद किरणबाबु श्रेष्ठ छन्। कांग्रेसलाई राष्ट्रिय सभामा लोकतान्त्रिक समाजवादी पार्टीले साथ दिने भएको छ।