काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री सहभागी हुने भएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र धनबहादुर बुढा शहरी विकास मन्त्री बन्नेछन् ।
बझााङबाट चुनाव जितेका जोशी प्रतिनिधि सभाको शिक्षा समितिका सभापति थिए। बुढाले भने डोल्पाबाट चुनाव जितेका हुन। उनी २०७६ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री भएका थिए।
एकीकृत समाजवादीबाट मन्त्री भएकाहरूले पनि आजै शपथ खाने भएपछि पौने ६ बजेका लागि तय भएको शपथ कार्यक्रम केही पछि सरेको छ।