काठमाडौं। गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमार्फत नायिका पूजा शर्मामाथि कटाक्ष गरेकी छन्। उनले पूजालाई ‘बहुरूपी औरत’ को संज्ञासमेत दिएकी छन्।
समीक्षाले लेखेकी छन् –
‘अस्ति सिनेमा चलाउन रोएको नाटक गरेउ।
हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ परेउ।
आज फेरि आफ्नो फाइदाका लागि उतै तिर चाकडी गर्दै रहेछौ।
बहुरूपी औरत।’
पल शाह जेल पर्दा पूजा शर्माले निर्माण गरेको फिल्म म यस्तो गीत गाउँछु २ रिलिज भएको थियो। त्यसबेला हल–हलमा पुगेर पुजाले रुवावासी गरेकी थिइन्। उनले पलको पक्षमा निकै बयानवाजीहरु पनि गरिन्।
पल जेलबाट निस्केपछि भने पूजा उनीसँग चिढिइन्। पलले आफूलाई भाउ नदिएको भन्दै उनी असन्तुष्ट बनेकी थिइन्। पल शाहसँग टाढिएपछि उनी समीक्षासँग नजिकिइन्। उनले समीक्षासँग थुप्रै टिकटक भिडियो पनि बनाइन्।
अहिले फेरि पल र पूजाको मिलन भएको छ। पूजा पलको बखान गर्दै हिँड्न थालेकी छ्न्। यसैलाई लिएर समीक्षाले यस्तो प्रतिक्रिया दिएकी हुन्।