धादिङ गजुरीको गलौदीमा सडकबाट बस त्रिशुली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ ।
कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको गजुरी प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनास्थलबाट ३५ जनालाई उद्धार गरी उपचारको लागि स्थानीय अस्पतालमा पठाइएको धादिङ प्रहरीले जनाएको छ ।
लु १ ख २१२१ नम्बरको उक्त बस कपिलवस्तुबाट काठमाडौंतर्फ जाँदै थियो ।