काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोटेश्वर गएका छन्।
एकीकृत समाजवादीलाई पनि नयाँ सत्ता गठबन्धनमा सामेल गराउन आग्रह गरिरहेका प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीले नेपालसँग भेटेरै यसबारे कुरा गरेका स्रोतले बताएको छ। छलफलमा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पनि सहभागी थिए।
नयाँ सत्ता गठबन्धनले समाजवादीसँग छलफलपछि मात्र मन्त्रालयको भागबण्डा मिलाउने भएपछि उनीहरु नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन्।
प्रचण्ड र नारायणकाजी श्रेष्ठले सोमबार पनि नेपाललाई उनकै निवास पुगेर भेटेका थिए। तर, ओली भने सहभागी थिएनन्। आज ओली पनि नेपाल निवास कोटेश्वर पुगेका हुन्।