काठमाडौं । ‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो सिजनको प्रशारण पनि बन्द भएको छ । संचालक जितु नेपालले शोको प्रशारण बन्द भएको जानकारी दिएका छन्। शो बन्द गर्नुपर्ने कारण भने उनले खुलाएका छैनन्। उनले यस विषयमा पछि मात्र जानकारी दिने बताएका छन्।
यो शोलाई ३ सिजन गरेर १८४ भाग प्रशारण गरेको पनि जितुले उल्लेख गरेका छन्। शोमा अध्यक्ष पनि तीन सिजनमै फेरिएका थिए। पहिलो सिजनमा दीपाश्री निरौला, दोस्रो सिजनमा करिश्मा मानन्धर र तेस्रो सिजनमा प्रियंका कार्कीले शोको अध्यक्षता ग्रहण गरेका थिए।