काठमाडौं । नयाँ गठबन्धनमा बन्ने सरकारको नेतृत्व माओवादी केन्द्र र एमालेले २/२ बाँड्ने सहमति बनेको छ। अहिले प्रधानमन्त्रीमा पुष्पकमल दाहालको निरन्तरता रहनेछ। उनी नयाँ समीकरणअनुसार अबको २ वर्ष प्रधानमन्त्री रहनेछन्। त्यसपछिको बाँकी २ वर्ष एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्नेछन्।
२०७९ को पुस १० गते माओवादी अध्यक्ष प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए। त्यतिबेला ओली र प्रचण्डका बीचमा साढे २ वर्ष/ साढे २ वर्ष प्रधानमन्त्री हुने सहमति भएको थियो। तर दुई महिनामै प्रचण्डले गठबन्धन फेरेर कांग्रेसको साथ लिएपछि एमालेले सरकार छोडेको थियो।