सत्ता गठबन्धन टुटेको छ। एमाले अब माओवादीसँग मिलेर सरकार बनाउनेछ। एमाले नेता सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तन हुने र सानो आकारको मन्त्रिमण्डल बन्न लागेको बताएका छन्।
सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन् । बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो ।
नयाँ गठन हुने सरकारमा एमाले र माओवादीसहित रास्वपा पनि सहभागि हुने बताइएको छ। यस्तै अन्य दल पनि छलफलमा रहेका छन्।