छात्रा मृत्यु प्रकरण: अनुसन्धान प्रभावित पार्ने विषय सम्प्रेषण नगरिदिन प्रहरीको आग्रह


जिल्ला प्रहरी कार्यालय चितवनले एक विज्ञाप्ति मार्फत घटना सम्बन्धमा घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल सिनियर प्रहरी अधिकृतको कमाण्डमा घटनास्थल विशेषज्ञ सहितको अनुसन्धान टोली घटनास्थलमा खटी गई घटनास्थल र मृतक शवको सूक्ष्म अवलोकन गरी प्रारम्भिक चरणका अनुसन्धानका कार्यहरू सम्पन्न गरिएको  जनाएको छ। । अनुसन्धानका वैज्ञानिक परीक्षण प्रतिवेदनहरू हालसम्म प्राप्त नभएको प्रहरीले जानकारी दिएको हो।

फागुन १२ गते बिहान १०:३० बजेको समयमा चितवनको रत्ननगर नगरपालिका वडा नं. १० स्थितमा रहेको एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत पोखरेल सोही बोर्डिङ स्कुलको होस्टेलको अन्य साथीहरू सहित बस्ने कोठाको सिलिङ पङ्खामा डोरीको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेको थिइन् ।

तपाईको प्रतिक्रिया !

संबन्धित समाचार

ताजा समाचार


Login to your account below

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.