काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली वाफ महिला च्याम्पियनसिप २०२४ को उपाधि जित्न असफल भएको छ। साउदी अरबको जेद्दाहमा बिहीबार राति सम्पन्न फाइनलमा नेपाललाई टाइब्रेकरमा पराजित गर्दै जोर्डन छैटौं पटक उपाधि जित्न सफल भएको हो।
निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि भएको टाइब्रेकरमा जोर्डन ५-३ ले विजयी भएको हो।
पहिलो हाफमा सविता राना मगरको गोलमा नेपालले १-० को अग्रता बनाएको थियो तर दोस्रो हाफमा डिफेन्समा कमजोरी हुँदा नेपालले २ गोल खान पुग्यो र जोर्डन २-१ ले अगाडि भयो। तर इन्ज्युरी समयमा प्राप्त पेनाल्टीमा गीता रानाले गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो र विजेताको टुंगो टाइब्रेकरबाट लगाइयो।
टाइब्रेकरमा अमृता जैशीले गोल गर्न नसक्दा नेपाल पराजित हुन पुग्यो। टाइब्रेकरमा नेपालकी गीता राना, दिपा शाही र हिरा भुजेलले गोल गरिन्। जोर्डनका पाँचै प्रहार गोल भएका थिए भने नेपालबाट चौथो नम्बरमा प्रहार गर्न आएकी जैशीको प्रहार विपक्षी गोलरक्षकले जोगाएकी थिइन्।