इन्ज्युरी समयमा प्रिती राईले गरेको निर्णायक गोलसँगै लेबनानलाई २-१ ले पराजित गर्दै नेपाल पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ ।
पहिलो हाफमा १-० ले पछि परेको अवस्था उल्ट्याउँदै नेपालले जित निकालेको हो ।
३८ औं मिनेटमा नेपालकी पूजा रानाले आत्मघाती गोल गर्दा नेपालविरुद्ध लेबनानले अग्रता बनाएको थियो।
७६औं मिनेटमा नेपालले बराबरी फर्काएको थियो। रश्मीको पासमा सावित्रा भण्डारीको पहिलो प्रहार लमिटाले बचाएपछि डिफेन्डर अमिना करिमले क्लियर गर्न नसक्दा भण्डारीले नै गोल गरिन्।
नेपालले अब फाइनलमा बिहीवार जोर्डनको सामना गर्नेछ । जोर्डनले पहिलो सेमिफाइनलमा प्यालेस्टाइन माथि जित निकाल्दै फाइनल प्रवेश गरेको हो । जोर्डन साविक विजेता सँगै प्रतियोगिताको ५ पटकको विजेता हो ।