नामिबियाका निकोल लोफ्टी-इटनले टी-२० आई क्रिकेटमा कुशल मल्लको कीर्तिमान तोडेका छन् ।
त्रिवि क्रिकेट मैदान कीर्तपुरमा ३३ बलमा शतक पूरा गर्दै निकोलले कुशलको कीर्तिमान तोडेका हुन् ।
निकोलले ११ चौका र ८ छक्काको मद्दमा ३३ बलमा शतक पूरा गरेका हुन् ।
कुशलले गत सेप्टेम्बरमा मंगोलियाविरुद्ध ६ चौका र ९ छक्का हानेर ३४ बलमा शतक पूरा गरेका थिए । त्यो खेलमा कुशलले ५० बलमा ८ चौका र १२ छक्कासहित १३७ रनको इनिङ खेलेका थिए।