त्रिकोणात्मक टि२० सिरिज अन्तर्गत नामिबियाविरुद्ध नेपालले पहिलो खेलमा टस हारेको छ ।
नामिबियाका कप्तान जेजे स्मिटले टस जितेर पहिलो ब्याटिङ रोजेका छन् । नेपालले पहिलो फिल्ड गर्ने भएको छ ।
नेपालको टोलीमा ओडीआई टोलीमा नरहेका अभिनाश बोहोरा, सन्दीप जोरा र विवेक यादव प्लेइङ-११ मा छन् ।
नेपालको टोली :
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, अभिनाश बोहोरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, विवेक कुमार यादव, गुलशन झा, दीपेन्द्र सिंह ऐरी