काठमाडौं । भजनशीरोमणी तथा वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको संगीतकार चेतन सापकोटाले जानकारी दिए ।
संगीतकार हरि लम्सालका अनुसार अपरान्ह साढे ४ बजेतिर अचानक अक्सिजन लेभल कम भएपछि छोरा स्वरुपराज र लम्सालले उनलाई मेडिसिटी अस्पताल लैजाँदा गर्दा बाटोमै निधन भएको हो । गत दशैंमा लडेर टाउकोमा चोट लागेको थियो ।
२०४६ साल मंसिर १९ गतेको एउटा दुर्घटनापछि आचार्यको स्वर र सुर हराएको थियो । उनले करिब ४ सयजति गीत, गजल, भजन, राष्ट्रिय गीत र बालगीत गाएका छन् ।
आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् ।
आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । राष्ट्रिय सम्मानका साथ उनको बिदाइ गर्ने तयारी छ ।
चर्चित गीतहरू –
-जीवन भनुँ त घात छ…
-मुटु जलिरहेछ, यो मन गलिरहेछ…
-जति चोट दिन्छौ देऊ मायालु…
-सबै बेहोसी नशा पिएर…
-हजार आँखा हेर्ने मेरी मायालुलाई…….
-भुल्नै सकिन त्यो क्षण मिलनको…
-सबैबाट तिरस्कृत…
-यो कथा सुरु गरेर…
-आँसुजस्तो हो जीवन…
-हजार सपनाहरूको माया लागेर आउँछ……
-जहाँ छन् बुद्धका आँखा…..
-कोही नगरोस् प्रेम अमर….
चर्चित भजनहरू-
-एकदिन मैले प्रभुसँग सोधेँ
-तन मन बचनले
-सब निदाए प्रभु
-लौन अब मेरो प्रभु
-जगत कि आमा
-अन्नतदेखि बगिरहेको
-जय गुरु गणपती मंगल मूर्ति
-श्री राम प्रभुको चरणकमलमा
-प्रेम प्रभुको शाश्वत धारा
-बजिरहेछ बाँसुरी
-भगवान जीवन नाऊ
-भव सागरमा डुबी सकेँ म
-रहेन छ केही
-कति लिन्छौ परीक्षा भगवान
-दु:खै दु:ख मिल्दा पनि
-दुर्गे देऊ भक्त्ति मलाई
-न धन त्यागेर त्यागी हुन्छ
-हामी भुलेछौ धन जन मधले
-हे मनमोहन मुरलीवाला
-सजल सजल यो नैन भिखारी
-राम यहीँ छन् श्याम यहीँ छन्
-भगवान दर्शन कसरी पाऊँ?
-इश्वर प्रभु नै अन्तर्यामी