काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसद गोकुल बाँस्कोटाले विवादित मन्त्रीहरूले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै बाँस्कोटाले विवादित मन्त्रीले राजीनामा दिनुपर्ने नभए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताएका हुन्।