लिभरपुलले आइतबार इंग्लिस फुटबल लिग (इएफएल) कपको उपाधि हात पारेको छ । यो सिजनको अन्त्यमा क्लब छोड्ने घोषणा गरिसकेका प्रशिक्षक योर्गन क्लोपले लिभरपुका लागि अर्को उपाधि जितेका छन्।
चोटका कारण सुरुवाती रोजाईका धेरै खेलाडी गुमाएको लिभरपुलले चेल्सीविरुद्ध अतिरिक्त समयमा गोल गर्दै उपाधि उचाल्न सफल भएको हो । लिभरपुलका लागि कप्तान तथा डिफेन्डर भर्जिल भ्यान डाइकले गोल गरेका हुन् ।
अतिरिक्त समय सकिएर खेल पेनाल्टी सुटआउटमा धकेलिन दुई मिनेट बाँकी रहँदा उनले गोल गरेका थिए । कोन्सटान्टिनोस सिमिकासले खेलेको कर्नर किकमा हेडर मार्फत गोल गर्दै उनले जित दिलाएका थिए ।