नेपालले निकै खराब नतिजाका साथ क्रिकेट विश्वकप लिग २ को पहिलो शृंखला टुंगाएको छ । कमजोर ब्याटिङ प्रदर्शनलाई नै निरन्तरता दिएको नेपाललाई आइतबार नेदरल्यान्ड्सले ८ विकेटले पराजित गर्यो ।
विश्वकप लिग-२ अन्तर्गत पहिलो त्रिदेशीय एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा नेपालले खेलेका चारमध्ये तीन खेलमा पराजय व्यहोर्याे । नेदरल्यान्ड्ससँगको एक खेल मात्रै जितेको थियो।
पराजित भएपछि नेपालका प्रशिक्षक मोन्टी देसाइले राम्रो टिमसँग खेल्दा जतिबेला पनि ‘फाइटिङ मेन्टालिटि’ हुने पर्ने बताएका छन्। देसाईले विश्वकप लिग-२ अन्तर्गतको पहिलो श्रृंखलामा घरेलु टोलीको कमजोर ब्याटिङपछि ‘ब्याट्सम्यानशिप’को आवश्यकताबारे पनि बोले।
‘जब तपाईं स्तरीय टोलीविरुद्ध चुनौतीपूर्ण सर्फेसमा खेल्दै हुनुहुन्छ भने तपाईं ब्याटलमा रहिरहनु पर्छ । ब्याट्सम्यानशिप भनेको आर्ट हो । त्यहाँ तपाईंले प्रस्तुत गर्ने स्किलले ठूलो भूमिका खेल्छ । ब्याटलमा रहिरहन आँट र हिम्मत चाहिन्छ’, पहिलो श्रृंखलाका तीन खेलमा हारेपछि प्रशिक्षक मन्टी देसाईले आइतबार पोस्ट म्याच कन्फेरेन्समा भने ।
उनले नेपाली ब्याट्सम्यानले एउटै गल्ती पटक पटक दोहोर्याएको बताए । ‘हामीले गल्तीबाट सिक्नुपर्छ, त्यसलाई दोहोर्याउनु हुँदैन । कप्तानले पनि यही भन्दै थिए । हामीले त्यही खेल फेरि दोहोर्यायौं’, देसाईले भने ।
अब नेपाल जुनमा हुने टी-२० विश्वकपमा केन्द्रित हुने पनि प्रशिक्षक देसाइले बताए। त्यसका लागि नेपालले भारतको रणजी टिमसँग खेलेपछि हङकङमा टी-२० प्रतियोगिता र ओमानमा एसिसी प्रिमियर कप खेल्दैछ।