काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट चोरी भएको शिशु फेला परेको छ। शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक महिलाको २६ दिने शिशु प्रसुतिगृहबाट चोरी भएको थियो।
काठमाडौं प्रहरीले मध्यरातमा उक्त शिशुको उद्धार गरेको हो।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार प्रहरीले ती शिशुलाई गएराति १२ बजे काठमाडौंको काँडाघारीबाट उद्धार गरेको हो। बच्चा लिएर जाने महिला दैलेख घर भएकी मनकुमारी सिंह रहेकी प्रहरीले जनाएको छ।
शिशु चोरी गर्ने महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ। घटनाबारे विस्तृत विवरण सार्वजनिक गर्ने तयारी प्रहरीले गरिरहेको छ।्