काठमाडौं। मोरङको बूढीगंगा गाउँपालिका ४ प्रगती टोलमा मालबहाक ट्रक किराना पसलमा पल्टिँदा किचिएर ३ बालबालिकाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। मृतक मध्ये दुईजना एकै परिवारका हुन्।
शुक्रबार विहान आर जे २९ जीबी १५६१ भारतीय नम्बर प्लेटको लहरी प्रगती टोलमा पल्टिएको थियो। लहरीमा लोड गरिएको मार्बल ढुंगाले किचिएर बूढीगंगा गाउँपालिका ४ का ज्योती अधिकारीकी ४ वर्षीया छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र सोही स्थानकी सन्जु खवासकी ८ वर्षीया छोरी रिहा खवासको मृत्यु भएको हो।
ज्योतीका छोरा र छोरी जुम्ल्याहा हुन्। दुर्घटनामा परी ज्योती गम्भीर घाइते छन्। ढुंगाले थिचिएका उनलाई उद्धार गरी विराट मेडिकल कलेज पठाइएको छ।
शुक्रबार बिहान ७ बजे मार्बल बनाउने कच्चा पदार्थ (ढुंगा) बोकेर उद्योगतर्फ जाँदै गरेको लहरी किराना पसलमा पल्टिएको थियो।