कृषि विकास बैंक लिमिटेडले विभिन्न पदका लागि ११२ कर्मचारी माग गरेको छ। बैंकले आज सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगिताद्वारा रिक्त रहेको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।
बैंकले शाखा प्रमुख आठौं तहदेखि लेखापाल चौथो तहसम्मका कर्मचारी माग गरेको हो। बैंकले शाखा प्रमुखका लागि २ जना, वरिष्ठ लेखा अधिकृत २ जना, व्यवसाय अधिकृत ३२ जना, कम्प्युटर अधिकृत २ जना, इन्जिनियर (आईटी) १ जना, कर्जा अधिकृत ६ जना, व्यवसाय सहायक १६ जना, कानून सहायक १ जना, कर्जा सहायक ३ जना, ओभरसियर १ जना र लेखापाल ४६ जना गरी कुल ११२ जना कर्मचारी माग गरेको छ।
यी पदहरुमा फागुन ११ गतेदेखि बैंकको अनलाइन vacancy.adbl.gov.np मार्फत आवेदन दिन सकिने छ। दरखास्त फाराम भर्ने अन्तिम मिति आगामी चैत १ गते रहेको छ।