काठमाडौं – वाफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको पहिलो खेलको नेपालले सिरियामाथि जित हात पारेको छ। साउदी अरेबियाको राजधानी रियाद स्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी रिजर्व स्टेडियममा नेपालले सिरिया माथि ४-१ को जित निकाल्न सफल भएको हो।
नेपालका लागि अमिषा कार्की, अनिता बस्नेत, सावित्रा भण्डारी (साम्बा) र रेखा पौडेलले समान एक एक गोल गरेका हुन्।
नेपाल प्रतियोगितामा आमन्त्रित टोली हो। नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन्। अर्को समूहमा आयोजक साउदी अरब, ग्वाम, लेबनान र जोर्डन छन्।
नेपालले दोस्रो खेलमा फागुन १० गते इराकसँग प्रतिस्पर्धा गर्नेछ भने समूह चरणको अन्तिम खेल फागुन १२ गते प्यालेस्टाइनसँग खेल्नेछ। समूह चरणपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।