काठमाडौं – आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु १८ खर्बको बजेट सिलिङ तोकिएको छ। अर्थमन्त्री प्रकाशशरण महतले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा जानकारी गराएका हुन्।
उनले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले सरोकारवाला निकायबीच छलफलपछि सो सिलिङ तोकिएको जानकारी दिए।