आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत २०२४-२७ सिजनको पहिलो सिरिज नेपालमा आजदेखि सुरु हुँदैछ। पहिलो खेलमा नेपाल र नामिबिया भिड्दैछन्। त्रिवि मैदानमा खेल बिहान ९:३० बजे सुरु हुनेछ। दुवै टोलीले जितका साथ लिग-२ को सुरुवात गर्न चाहन्छन्।
नेपालले घरेलु मैदानमा भएको अघिल्लो भेटमा नामिबियालाई दुवै खेलमा हराएको थियो।
नेपालले आजको खेलमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीको साथ पाउनेछैन। नामिबियाले पनि अलराउन्डर डेविड विजाबिना नै आफ्नो टोली घोषणा गरेको छ।
नेपालको टोली : रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ