फिल्म `लाज शरणम´ को निर्माण घोषणा गरिएको छ। वसन्त पञ्चमीको अवसर पारेर एक थिम पोस्टरमार्फत् फिल्म निर्माणको घोषणा गरिएको हो।
हाँस्य टेलिसिरियलमा सफल मानिएको ‘सक्किगोनि’को टिमले अब फिल्म बनाउन लागेका हुन्। यसै वर्ष छायांकन गर्ने तयारी भइरहेको फिल्ममा कलाकारहरु कमलमणी नेपाल, दीपक आचार्य, सागर लम्साल, हरिश निरौलाको पनि अभिनय रहने चर्चा छ।
सक्किगोनि’कै दुई मुख्य पात्र कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) को समूहले फिल्मलाई निर्देशन गर्ने पोस्टरमा उल्लेख छ। फिल्मलाई २०८१ सालमा प्रदर्शनको योजना बनाइएको छ।