नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली सिनियर पुरुष राष्ट्रिय क्रिकेट टोलीको ‘ए’ टिम घोषणा गरेको छ।
सिनियर टोलीसम्म पुग्ने बाटोको रुपमा रहने टोलीमा प्रधानमन्त्री कप र राष्ट्रिय टोलीमा यसअघि गरेको प्रदर्शनको आधारमा खेलाडी छनोट गरिएको छ।
नेपाल ‘ए’ ले लिग-२ को तयारीका लागि नेपाल आइपुगेको क्यानडासँग मैत्रीपूर्ण सिरिज खेल्ने कार्यक्रम रहेको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ‘ए’ टोलीको प्रशिक्षकमा कलाम अली र ज्ञानेन्द्र मल्ललाई जिम्मेवारी दिएको छ।
राष्ट्रिय टोलीको पूर्वकप्तान समेत रहेका मल्लले प्रधानमन्त्री कपमा नेपाल एपिएफ क्लबको प्रशिक्षण सम्हालेका थिए। उनले यसै महिना आइसिसी लेभल २ कोचिङको कोर्ष उतिर्ण गरेका हुन्। उनले एकेडेमीमा भने खेलाडी हुँदाको समयदेखि प्रशिक्षण दिँदै आएका थिए।
यता अली भने लामो समयदेखि प्रशिक्षणमा व्यस्त रहेका छन्। प्रधानमन्त्री कपमा बागमती प्रदेशको टोली सम्हालेका उनले नेपाल यू-१९ को सहायक प्रशिक्षकका साथै थुप्रै फ्रेन्चाइज लिगको टोलीलाई हेरेको अनुभव छ।