प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन्। बाराको सिमरा विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले तत्कालीन राजा वीरेन्द्रको वंशविनाश हुनेगरी भएको दरबार हत्याकाण्डको अनुसन्धान हुने बताएका हुन्।
पूर्वराजा ज्ञानेन्द्र शाहले वीरगञ्जमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दरबार हत्याकाण्डको विषयलाई लिएर आफू र आफ्नो परिवारमाथि घातक प्रहार गरिएकोमा दु:ख व्यक्त गरेका थिए। उनले यो घटनामा राजनीतिक जालझेल गरी नेपालीको मनमा आफू र आफ्नो परिवारबारे भ्रमको बादल फैलाइएको बताएपछि प्रधानमन्त्रीको यस्तो भनाइ आएको हो।
प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रताको अधिकार दिएको स्पष्ट हुँदाहुँदै पनि यस व्यवस्थाकाविरुद्ध उभिने र षड्यन्त्रपूर्ण गतिविधि गर्ने काम भएको भन्दै यस्तो अधिकार कसैलाई नभएको स्पष्ट पारे।
दरबार हत्याकाण्डलाई लिएर राजनीतिक जालझेल गरी हाम्रो परिवारमाथि घातक प्रहार भयो : पूर्वराजा